आज नेवार समुदायको नयाँ वर्ष तथा नेपाल संवत् ११४४को पहिलो दिन म्हःपूजा (आत्मपूजा) गरि मनाइँदै

काठमान्डौं ।आज नेवार समुदायको नयाँ वर्ष तथा नेपाल संवत् ११४४को पहिलो दिन म्हःपूजा (आत्मपूजा) गरि मनाइँदैछ ।

समग्र देवता, उर्जाशक्ति एवं विश्व ब्रम्हाण्ड आफ्नै शरिरभित्र रहेको विश्वास गर्दै आफूलाई चिन्न प्रेरित गर्ने पर्वको रुपमा म्हःपूजा गर्ने गरिन्छ ।

आत्मशान्तिका लागि यस दिन तान्त्रिक विधिपूर्वक आफ्नो शरिरलाई पूजा गर्ने परम्परा रही आएको छ । म्हःपूजाका दिन नेवार समुदायका हरेक सदस्यले मण्डप बनाएर पूजा आराधना गर्ने गर्दछन् ।

मानिसभित्रको शक्ति दिपको रुपमा प्रकट गर्न म्हःपूजा गर्ने परम्परा रहिआएको छ । नेपाल संवत सूरु हुने दिन म्हः पूजा गर्ने परम्परा रहेपनि तिथि घटवढ भएका कारण यसपटक आज म्हःपूजा गरिँदैछ । राष्टिय विभूति शंखधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब नागरिकको ऋण मोचन गरेर नेपाल संवत्को शुरुवात गरेका थिए ।

 

SHARE