लगातार तेस्रो जितसँगै नेपाल उपाधि नजिक

ओमानमा जारी आइसिसी टी-२० विश्वकप एसिया–ईएपी छनोटमा नेपाल लगातार तेस्रो जितसँगै उपाधि नजिक पुगेको छ। बुधबार राति नेपालले घरेलु टोली ओमानलाई ३८ रनले पराजित गर्दै ८ अंकसहित शीर्ष स्थानमा उक्लियो।

यसअघि नै विश्वकपका लागि छनोट भइसकेको नेपालले अहिले सम्म पाँचै खेलमा अपराजित रहँदै उत्कृष्ट प्रदर्शन गरिरहेको छ।

नेपालले पहिले ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा १५१ रन बनायो। कुशल भुर्तेलले ६९ रनको अर्धशतक प्रहार गरे। जवाफी ब्याटिङमा ओमान ११३ रनमै समेटियो।

गुल्झन झाले ३ विकेट, सोमपाल कामी र नन्दन यादवले २–२ विकेट लिए। अब नेपालले शुक्रबार सामोआसँग खेल्नेछ र सो खेल जिते छनोट उपाधि आफ्नो बनाउनेछ।

SHARE