नेपाल तामाङ कलाकार संघको आयोजनामा  मंसिर २९ र ३० गते ‘तेस्रो तामाङ मौलिक सेलो संगीत महोत्सव’ गर्ने तयारी ।

काठमाडौं–नेपाल तामाङ कलाकार संघको आयोजनामा  मंसिर २९ र ३० गते काठमाडौंको चुच्चेपाटीमा ‘तेस्रो तामाङ मौलिक सेलो संगीत महोत्सव’ गर्ने भएको छ ।

तामाङ समुदायको मौलिक गीत,संगीत,सभ्यता,संस्कृतिको प्रवद्र्धन गर्ने उद्धेश्यले तेस्रो संस्करणको रुपमा महोत्सव गर्न लागिएको बुधबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष विशाल काल्तानले जानकारी दिइएको हो ।

‘तामाङ मौलिक संस्कृतिको मेरुदण्डको रुपमा रहेको डम्फू संस्कृति अर्थात ताम्बा संस्कृति हाम्रो प्राण हो,हाम्रो शान हो ।’,पत्रकारमाझ महोत्सवको अवधारणापत्र सार्वजनिक गर्दै तामाङ कलाकार संघका अध्यक्ष विशाल काल्ताने भन्नुभयो,–‘डम्फू संस्कृतिले हाम्रो ठुङसा(उत्पति),सभ्यता,बाप्साको कुरा गर्छ,यसैको जगबाट सिर्जिएको सेलो संगीत,डम्फू तथा ताम्बा संस्कृतिको प्रवद्र्धनका लागि महोत्सव गर्ने भएका हौं ।’

कार्यक्रमको मुल आकर्षणको रुपमा नै ताम्बा संस्कृति रहने उहाँको स्पष्टोक्ती छ । महोत्सवमा ताम्बाहरुद्धारा डम्फूको महत्वलाई प्रष्ट्याउने,विज्ञहरुसँग अन्र्तक्रिया र ताम्बा संस्कृतिका गीतहरुको प्रस्तुती झनै पृथक रहने उल्लेख गरिएको छ । यसका लागि दोस्रो दिन ३० गतेको कार्यक्रमहरु सांगीतमय बनाउने आयोजकको तयारी छ ।

पत्रकार सम्मेलनमा महोत्सवबारे तयार पारिएको प्रचार सामाग्री पोष्टरको अध्यक्ष काल्तानका साथै लोक सम्राट चन्द्रकुमार मोक्तान,वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार दोङ,रोज मोक्तान,प्रेम लोप्चन,गायिका इन्दिरा गोले,इन्दिरा योञ्जन,संघका सल्लाहकार द्धय विश्व दोङ र सञ्जिव वाईबा,वरिष्ठ नायिका चाँदनी मोक्तान लगायतका अतिथिहरुले संयुक्त रुपमा सार्वजनिक गर्नुभएको थियो । सोही अवसरमा महोत्सवको जिंगल पनि सार्वजनिक गरिएको थियो ।

SHARE