म्हेन्दोमाया कलाकार संघ नेपालको १०औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न,अध्यक्षमा आराम्भ तामाङ चयन

काठमाडौं : म्हेन्दोमाया कलाकार संघ नेपालले आफ्नो १०औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न गर्दै नयाँ नेतृत्व चयन गरेको छ। अधिवेशनबाट आराम्भ तामाङ सर्वसम्मत रूपमा संघको अध्यक्षमा निर्वाचित भएका छन ।

उपाध्यक्ष: किर्तिमान तामाङ,महासचिव: शिशिर थोकर,सचिव: लक्ष्मी स्याङतान,कोषाध्यक्ष: मान बहादुर गुरुङ

त्यस्तै, कार्यसमिति सदस्यहरूमा सिता लामा, रितु तामाङ, ममता गुरुङ, लोकेन्द्र तामाङ, दूर ब्रेभ गुरुङ, प्रकाश वाईबा, सुमन घले, प्रमिला तामाङ, लिलु तामाङ, शान्ती माम्बा, सन्जू तामाङ र करिसा तामाङ चयन भएका छन्।

संघले स्थापना कालदेखि नै कला, संस्कृति र मौलिक पहिचानको संरक्षण, प्रवर्द्धन तथा कलाकारहरूको हकहितका पक्षमा सक्रिय भूमिका खेल्दै आएको छ। नयाँ कार्यसमितिले संघको उद्देश्यलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ।

 

SHARE