संविधानलाई पालना गर्दै भातृत्व र सहिष्‍णुता कायम गरौं: मन्त्री किराती

संस्कृति तथा पर्यटन मन्त्री सुदन किरातीले संविधानलाई पालना गर्दै भातृत्व र सहिष्‍णुता कायम गर्न आग्रह गरेका छन् । ‘कृष्चियन नमान्ने संविधान विरोधी हुन्, उनीहरूलाई जेल हाल्नुपर्छ’ भन्ने मन्त्री किरातीको अभिव्यक्तिलाई लिएर चौतर्फी विरोध भइरहेको अवस्थामा उनले सामाजिक संजालमार्फत उक्त आग्रह गरेका हुन् । उनले भनेका छन्, ‘अतिवादलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गरौं भन्ने मेरो जोड हो । भन्‍नलाई त मलाई पशुपतिनाथ सफा गर्दा हिन्दु भने, बौद्ध दर्शनको वकालत गर्दा बुद्धिष्‍ट भने, मुस्लिमको कार्यक्रममा जाँदा मुस्लिम भने, क्रिष्‍टियनको कार्यक्रममा जाँदा क्रिष्‍टियन भने, फेरिपनि भन्छु अहिले म सबैको अभिभावक हुँ त्यसैले सबै अस्तित्वको समान गर्छु र सबैले गरौँ । अर्काको अस्तित्वलाई स्वीकार गर्नु भनेको आफ्नो अस्तित्व सम्मानित हुनु हो ।’ उनको अभिव्यक्तिलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले पनि अभिव्यक्ति फिर्तासँगै तत्काल राजीनामा दिन माग गरेका छन्।

 

 

 

 

 

SHARE