एनपीएल अक्सन आज हुँदै, एउटा फ्रेन्चाइजीले तीन ‘क्याटगोरी’का १० खेलाडी अनुबन्ध गर्ने

नेपाल प्रिमियर लिग (एनपीएल) को खेलाडी अक्सन आज हुँदैछ । काठमाडौंमा दिउँसो २ बजेदेखि अक्सन सुरु हुनेछ ।
अक्सनमा करिब १५० खेलाडी रहेका छन् । खेलाडीले ए, बी र सी गरी तीन क्याटगोरीमा आफ्ना नाम दर्ता गराएका छन् ।

तीमध्ये आज ८ फ्रेन्चाइजी क्लबमा ८० जना एनपीएलका लागि अनुबन्ध हुनेछन् ।

एउटा फ्रेन्चाइजीले ९० लाख खर्च गर्न पाउनेछ भने सन्तुलन मिलाएर खेलाडीलाई अनुबन्ध गर्नुपर्नेछ ।

एउटा फ्रेन्चाइजी क्लबमा ए क्याटगोरीका तीन, बी क्याटगोरीका चार र सी क्याटगोरीका तीन खेलाडी अनुबन्ध गर्नुपर्नेछ ।

कुन क्याटगोरीका खेलाडीको कति मूल्य ?
एनपीएलमा अनुबन्ध हुने ए क्याटगोरीका खेलाडीको मूल्य १० देखि १५ लाखसम्म हुनेछ । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्का अनुसार बी क्याटगोरीका खेलाडीले ५ देखि १० लाखसम्म मूल्य पाउनेछन् । सी क्याटगोरीका खेलाडीले २ देखि ५ लाखसम्म पाउनेछन् ।

SHARE