काठमाडौंमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी

काठमाडौं । काठमाडौं जिल्लामा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको छ। प्रमुख जिल्ला अधिकारी (सीडीओ) छविलाल जोशीले मंगलबार बिहान साढे ८ बजेदेखि लागू हुनेगरी काठमाडौं महानगरपालिका क्षेत्रअन्तर्गतको चक्रपथ भित्र कर्फ्यू आदेश जारी गरेका हुन्।

जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै हाल राजधानीको अवस्था असामान्य भएकाले शान्ति–सुरक्षा कायम राख्न र सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण गर्न कर्फ्यू आदेश लागू गरिएको उल्लेख गरेको छ।

सीडीओ कार्यालयले नागरिकलाई अनावश्यक रूपमा घर बाहिर ननिस्कन आग्रह गरेको छ। आदेश उल्लंघन गर्ने व्यक्तिमाथि सुरक्षा निकायले कानुनअनुसार कडा कारबाही गर्ने चेतावनीसमेत दिइएको छ।

 

SHARE