तस्करीको सुन गाल्दा वास्तविक तौल ६० किलो ७१६ ग्राम

काठमाडौं । राजस्व अनुसन्धान विभागले बरामद गरेको सुनको वास्तविक तौल ६० किलो ७१६ ग्राम भएको छ ।

तस्कर समूहले राजस्व छलेर ‘ब्रेक सु’ मा लुकाएर ल्याएको सुन नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले मंगलबार गालेको हो ।  सुन गालिसकेपछि तौल गर्दा ६० किलो ७१६ ग्राम पुगेको महाशाखा प्रमुख थानेश्वर आचार्यले जानकारी दिएका छन ।

 उक्त सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट चेकजाँच भई बाहिरिएको सुन गत साउन ३ गते राजस्व विभागले सिनामंगलबाट बरामद गरेको थियो ।

सुन तस्करी प्रकरणमा १८ जना पक्राउ परेकामा हाल १७ जना सीआईबीको हिरासतमा छन्  भने एकजना हाजिरी जमानतमा रिहा भएका छन् । सुन तस्करीमा ३ विदेशी नागरिकको पनि संलग्नता खुलेको छ ।

SHARE