आज पहाडी भू-भागमा मौसम आंशिक बदली

देशको पहाडी भू-भागमा आज पनि मौसम आंशिक बदली भएको छ । अन्य भू-भागमा सफा रहेको छ।

दिउँसो देशभर आंशिक देखि साधारणतया बदली  रहने र उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आइतबार कोशी, गण्डकी र कर्णाली प्रदेशका केही भू-भागमा हिमपातको सम्भावना छ । महाशाखाका अनुसार सोमबार पनि केही ठाउँमा हिमपात हुनेछ ।

SHARE