दोलखा । दोलखाको राजनीतिक परिदृश्यमा पछिल्लो समय उल्लेखनीय परिवर्तन देखिन थालेको छ। लामो समयदेखि प्रभावशाली मानिँदै आएको नेकपा एमाले क्रमशः कमजोर बन्दै गएको संकेत देखिँदा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भने जनआधार विस्तार गर्दै मजबुत बन्दै गएको छ। यही सन्दर्भमा वाम आन्दोलनका अनुभवी तथा पुराना नेता होम पाठक नेकपा एमाले परित्याग गरि नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्
लामो समयदेखि एमालेभित्र देखिएको गुटबन्दी, अवसरवाद र जनसम्बन्ध कमजोर हुँदै जाँदा कार्यकर्ता र समर्थकहरू वैकल्पिक वाम शक्तितर्फ आकर्षित भइरहेका छन्।
नेपाली कम्युनिस्ट पार्टीले वर्गीय मुद्दा, श्रमिक–किसानको हकहित र स्थानीय समस्यालाई केन्द्रमा राखेर राजनीति गर्दै आएको दाबी गर्दै आएको छ। होम पाठकको प्रवेशपछि पार्टीको संगठनात्मक क्षमता थप बलियो बन्ने र दोलखामा वाम आन्दोलनले नयाँ गति लिने अपेक्षा गरिएको छ।











