धनगढी । धनगढीमा घरको छतबाट लडेर एक जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका-४ बसपार्कका ६५ वर्षीय विष्णुबहादुर माझीको घरको छतबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
छोराको घरमा बस्दै आएका उनी तीन तला माथिबाट खसेका थिए । माझीको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।