नेपाल शेर्पा संघ बागमती प्रदेशको अध्यक्षमा साङ्गे शेर्पा

नेपाल शेर्पा संघ बागमती प्रदेशको दोस्रो अधिवेशन सम्पन्न भएको छ । आइतबार सम्पन्न अधिवेशनले  साङ्गे शेर्पाकाे नेतृत्वमा सर्वसम्मत ३३ सदस्यीय नयाँ प्रदेश समिति चयन गरेको छ ।

त्यस्तै, प्रथम उपाध्यक्षमा नुरि शेर्पा, उपाध्यक्षमा आङ छिरिङ शेर्पा र फुर्वा ठिले शेर्पा, महिला उपाध्यक्षमा काँडी शेर्पा सर्वसम्मत चयन भएका छन् भने सचिवमा रमेश शेर्पा, सहसचिवमा प्रेमदोर्ची शेर्पा र माया शेर्पा , कोषाध्यक्षमा निम्लेकी शेर्पा र सहकोषाध्यक्षमा प्रजुना शेर्पा सर्वसम्मत चयन  भएका छन् ।

संघको दोस्रो अधिवेशन शनिबार राजधानीमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले उद्घाटन गरेका थिए । । सोही दिन बन्दसत्र सम्पन्न गर्न समय अभावका कारण आइतबार नेपाल शेर्पा संघको केन्द्रीय अध्यक्ष गेल्जे शेर्पाको उपस्थितिमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य सोनाम ग्याल्जेन शेर्पा, प्रतिनिधिसभाका पुर्व सदस्य जिपछिरिङ लामा, आदिबासी जनजाति महासंघका अध्यक्ष समेत रहेका नेपाल शेर्पा संघका केन्द्रीय अध्यक्ष गेल्जे शेर्पा लगायतको उपस्थिती रहेको थियो ।

SHARE