काठमान्डौं । शनिबार एक कार्यक्रमका साथ तामाङ चलचित्र ग्याल्बो राजामा सङ्कलित दुईवटा गीत सार्वजनिक गरिएको छ।
चलचित्र बिकास बोर्डमा चलचित्र ग्याल्बो राजाकी लेखेका तथा नायिका सङ्गीता तितुङ्ग तामाङको अध्यक्षता तथा माननीय शिक्षा, बिज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
बिशिस्ट अतिथिमा आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष पुर्खजित राइ विशेष अतिथिका रुपमा तामाङ चलचित्र संघ नेपालका अध्यक्ष कुमार मोक्तान लामा तथा अन्य अतिथि र दर्शकहरु गरि करिब ३ सय जनाको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै राज्यमन्त्री प्रमिला कुमारीले वर्तमान नेपाली भाषामा मात्र नभएर हरेक भाषाको चलचित्र निर्माण गर्न आवश्यक हरेको बताइन्। तामाङ चलचित्र चेतनामूलक भएको र अब कागजी रुपमा मात्र नभएर तामाङ समुदायमा समानताको महसुस गर्नेगरी अधिकार प्राप्तिका लागि आफुले सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
त्यसैगरी विशेष अतिथि कुमार मोक्तानले तामाङ भाषा सस्कृतिको संरक्षण र पहिचानका लागि तामाङ भाषामा मात्र नभएर नेपाली भाषामा पनि चलचित्र निर्माण गर्नुको विकल्प नरहेको बताए। “सबैले बुझ्ने भाषामा भए आफ्नो समुदायको एजेन्डा प्रष्ट राख्न सकिन्छ। चलचित्र निर्माण गरेर अरुको भाषा मास्ने हैन, आफ्नो भाषाको संरक्षण गर्नु हो। आलोचना गर्नु भन्दा साथ, सहयोगको आवश्यकता रहेको छ” मोक्तानले बताए।
कार्यक्रममा खुल्ला पत्र लगायत विविध विषयमा ४ दर्जन बढी व्यक्तिहरुलाई सम्मान पत्र तथा कदर पत्र प्रदान गरिएको थियो। कार्यक्रममा स्वागत मन्तव्य बिनायक तामाङले राखेका थिए भने कार्यक्रम सन्चालन सुदिन दोङले गरेका थिए। चलचित्र ग्याल्बो राजा आगामी बैशाख १५ गते जमल स्थित राष्ट्रिय नाचघरमा प्रदर्शन हुनेछ ।
https://youtu.be/aujLSg-G9rY?si=GG3uWZN1zylrThI-
https://youtu.be/2MI6LBXI9nQ?si=YfN2Q8xy36UUGhZ-