उपनिर्वाचन नतिजा : कांग्रेस १७, माओवादी १०, एमाले ८, अन्य ६(पूरा विवरण)

आइतबार उपनिर्वाचन भएका सबै स्थानीय तहको नतिजा आइसकेको छ ।रिक्त रहेका स्थानीय तहका ४१ पदका लागि आइतबार उपनिर्वाचन भएको थियो । सोमबार रातिसम्म सबै स्थानको मतगणना सकिएको छ।

जसमा नेपाली कांग्रेसले कीर्तिपुर नगरपालिकाको प्रमुख र १६ वडाअध्यक्ष गरी १७ स्थानमा जित हात पारेको छ ।

नेकपा माओवादी केन्द्रले गाउँपालिका अध्यक्ष १, नगरउपप्रमुख १, गाउँपालिका उपाध्यक्ष २ र वडाअध्यक्ष ६ गरी १० पदमा जित हालिस गरेको छ ।

नेकपा एमालेले १ गाउँपालिका अध्यक्ष, २ उपाध्यक्ष र ५ वडाअध्यक्ष गरी ८ पदमा जित हात पारेको छ।

अन्य पार्टी तथा स्वतन्त्र उम्मेदवारले ६ वडामा जित निकालेका छन् ।

निर्वाचन आयोगले दिएको जानकारी अनुसार यस उपनिर्वाचनमा २० राजनीतिक दलबाट २७४ जनाले उम्मेदवारी दिएका थिए । स्वतन्त्र उम्मेदवार १०२ गरी ३७६ जना उम्मेदवार प्रतिस्पर्धामा थिए ।

कसले कहाँ जित्यो ? पूरा विवरण

नेपाली कांग्रेस, जित :१७

प्रमुख : कीर्तिपुर नगरपालिका, कृष्ण मान डंगोल

वडाअध्यक्ष
१.दार्चुलाको दुहु गाउँपालिका-५, धन सिंह कुंवर
२.रोल्पाको रुन्टीगढी गाउँपालिका-४, भुपमणी पुन मगर
3.रुकुम पश्चिम सानीभेरी गाउँपालिका-५, मोतिराम खत्री
४.जाजरकोटको कुशे गाउँपालिका–७, खम्बबहादुर सिंह १५ मतले विजयी
5.डोटीको पूर्वीचौकी गाउँपालिका–६,मोहन थापा
६.गुल्मीको मुसिकोट नगरपालिका– १, आनन्द श्रेष्ठ
७.रौतहटको राजपुर नगरपालिका, ६, समसे आलम
८.सुनसरीको गढी गाउँपालिका-६, तेतर साहु
९.तेह्रथुम लालीगुराँस नगरपालिका-८,नगेन्द्र लिम्बू
१०.रौतहट ईशनाथ नगरपालिका-७ मा,शेख अब्दुल खलिक
११.बर्दिया ठाकुरबाबा नगरपालिका-४,अमिन थारु
१२.कञ्चनपुरको भीमदत्त नगरपालिका-६,प्रकाश चन्द
१३.मकवानपुर हेटौडा उपमहानगरपालिका–१२, अर्जुन प्रसाद तिवारी
१४.बझाङ सूर्मा गाउँपालिका-४, धिरेन्द्र पुजारा
१५.काठमाडौं कीर्तिपुर नगरपालिका–१, इच्छा कुमार महर्जन
१६.काठमाडौं कीर्तिपुर नगरपालिका–४,राजेन्द्र बानियाँ

माओवादी केन्द्र, जित : १०

अध्यक्ष : मोरङ ग्रामथान गाउँपालिका,नमो नारायण माझी
उपप्रमुख : जाजरकोट नलगाड नगरपालिका,देवका लामिछाने
उपाध्यक्ष : हुम्लाको सर्केडाडा गाउँपालिका, देवकी तिमल्सीना
उपाध्यक्ष : रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका, नरपुरा बुढा

वडाअध्यक्ष
१.गोरखाको गोरखा नगरपालिका-५, बिष्‍णु बहादुर मगर
२.धनुषाको धनुषाधाम नगरपालिका-१, सुनिल कापर केवट
३.उदयपुर त्रियुगा नगरपालिका-१२, नविन कुमार वान्तवा राई
४.नुवाकोट ककनी गाउँपालिका-२, कृष्ण घिमिरे
५.डोल्पा त्रिपुरा सुन्दरी नगरपालिका-५,नरबहादुर झाक्री
६.उदयपुर बेलका नगरपालिका-९, भरत घिमिरे

नेकपा एमाले, जित : ८
अध्यक्ष : दैलेख महाबु गाउँपालिका, जंग बहादुर शाही विजयी
उपाध्यक्ष : बाजुरा स्वामीकार्तिक खापर गाउँपालिका, सुलोचना कुमारी भण्‍डारी
उपाध्यक्ष : दोलखा गौरीशंकर गाउँपालिका, उमा लुङ्गेली मगर शेर्पा

वडाअध्यक्ष
१.दैलेखको दुल्लु नगरपालिका-१३, लाल बहादुर शाही
२.ओखलढुंगा मोलुङ गाउँपालिका-५, गंगा वहादुर तामाङ
३.ताप्लेजुङ सिरीजङ्घा गाउँपालिका-३, कुमारी सावादेन
४.महोत्तरी रामगोपालपुर नगरपालिका-२, सकिवुल खाँ
५.कपिलवस्तु शुद्धोधन गाउँपालिका–१, मोहमद ताहिर मुसलमान

अन्य, जित : ६
जनता समाजावदी पार्टी
1.सप्तरीको डाक्नेश्वरी नगरपालिका-४, देवेन्द्र प्रसाद यादव
२.सप्तरीको डाक्नेश्वरी नगरपालिका-१, धिरेन्द्र कुमार साह
राष्ट्रिय स्वतन्त्र पार्टी
३.काठमाडौं महानगरपालिका–१६,रोजिना श्रेष्ठ
नेकपा एकीकृत समाजवादी
४.रौतहट गढीमाई नगरपालिका-८, बजरंगी प्रसाद यादव
नेपाल मजदुर किसान पार्टी
५..कालिकोटको तिलागुफा नगरपालिका-४, खड्ग राज शाही
स्वतन्त्र
६.झापाको कन्काई नगरपालिका-६, लक्ष्मी प्रसाद ओली

SHARE