‘हात्तीछाप’को दोस्रो श्रृंखला ‘बोतल राजा’ बन्ने, दीपकराज गिरी

‘हात्तीछाप’को दोस्रो श्रृंखला ‘हात्तीछाप २ : बोतल राजा’ बन्ने भएको छ । निर्माताले फिल्मको पोस्ट-क्रेडिटमार्फत सिक्वेलको घोषणा गरेका हुन् ।मंगलबार राजधानीमा आयोजित फिल्मको प्रिमियर समारोह सेलिब्रेटीदेखि कास्ट एण्ड क्रूको उपस्थिती रह्यो । फिल्मको इण्डिङमा दोस्रो सिक्वेलको जानकारीसहित अभिनेता दीपकराज गिरीको विशेष केमियो देख्न सकिन्छ ।

‘राजाको रुपमा दीपकराज गिरी’ वाक्यसहित पर्दामा दीपक देखापर्छन् । सबै देशमा एउटै राजा हुने भन्दै उनले ३० सेकेण्ड केमियो भूमिका निर्वाह गरेका छन् । ‘छक्कापञ्जा’मा राजाको भूमिकामा देखिँदै आएका दीपकको ‘हात्तीछाप’ केमियो एउटा आश्चर्यजनक दृश्य हो ।

‘हात्तीछाप २ : बोतल राजा’मा दीपक पनि राजाकै भूमिकामा देखिन लागेका हुन् कि अनुमान गर्न सकिन्छ । दीपकको यो केमियाका दुई थ्योरी हुनसक्छ । पहिलो- उनी सिक्वेलमा राजाकै रोलमा देखिनसक्छन् । दोस्रो- पछिल्लो समय विश्व फिल्ममा चलेको सिनेम्याटिक युनिभर्सको ट्रेन्डअनुसार छक्कापञ्जाको राजाको भूमिकामै उनी हात्तीछाप २ मा देखिन सक्छन् ।

SHARE