सैनिक मञ्च टुँडिखेलभित्र पत्रकारहरूलाई प्रवेश रोक

प्रजातन्त्र दिवसको समाचार संकलन गर्न गएका पत्रकाहरूलाई सैनिक मञ्च टुँडिखेल प्रवेशमा रोक लगाइएको छ।सूचना विभागको पासका आधारमा प्रवेश नदिइने र समाचार संकलनका लागि विशेष प्रवेश पास लिनुपर्ने भन्दै प्रवेशमा रोक लगाइएको पत्रकारहरूले बताएका छन्।

भित्र पस्न नपाएका पत्रकारहरूले गेटमै क्यामेरा डाउन गरेर विरोध जनाएका छन्। यसअघि सूचना विभागको पास देखाएर प्रवेश गर्दै आएका पत्रकारहरूलाई यसपालि विशेष पास देखाउन भन्दै सैनिकहरूले गेटमै रोकेका हुन्।

अहिले सैनिक मञ्च टुँडिखेलमा ७४ औं प्रजातन्त्र दिवस समारोह भइरहेको छ। सैनिक मञ्चमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत मन्त्रीहरू र उच्च पदस्थ अधिकारी उपस्थित छन्।प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्चमा विशेष बडाइँ हुने गर्छ।

SHARE