पपुवा न्यू गिनीको दुर्गम पहाडी क्षेत्रमा कम्तीमा ६४ जनाको हत्या भएको छ । त्यहाँको प्रहरी प्रवक्ताले बीबीसीलाई बताएअनुसार सप्ताहन्तमा एन्गा प्रान्तमा आदिवासी विवादका क्रममा मानिसहरूलाई गोली हानी मारिएको थियो ।
पहाडी क्षेत्रको इतिहास हिंसायुुक्त छ । यो सामूहिक गोलीकान्डलाई पछिल्ला केही वर्षयताकै सबैभन्दा ठुलो हिंसा मानिएको छ ।यहाँ अवैध हतियारको संख्या बढेको छ । यो यस क्षेत्रमा हिंसा बढ्नुको प्रमुख कारण पनि यही हो । प्रहरीले राजधानी पोर्ट मोरेस्बीबाट करिब ६०० किलोमिटर उत्तरपश्चिमको वाबाग सहर नजिकै रहेको घटनास्थलमा शव संकलन गर्न थालेको छ ।
अष्ट्रेलियाली ब्रोडकास्टिङ कर्पाेरेशन (एबीसी)का अनुसार रोयल पपुवा न्यू गिनी कन्स्टेबुलरीका कार्यवाहक सुपरिटेन्डेन्ट जर्ज काकासले भने, ‘मैले इन्गामा कहिल्यै हिंसा देखेको छैन, सम्भवतः सम्पूर्ण हाईल्याण्ड्समा सबैभन्दा खराब हो ।’