विश्वासको मत लिने विषयबारे छलफल गर्न माओवादी संसदीय दलको बैठक बस्दै

नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो ३ बजे सिंहदरबार स्थित माओवादी संसदीय दलको कार्यालयमा बस्ने छ । माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले बैठकमा पछिल्लो पटक विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने जानकारी दिए ।

उनका अनुसार प्रधानमन्त्री दाहालले सांसदबाट विश्वासको मत लिने विषयमा पनि बैठकमा छलफल हुने छ । २१ गते प्रधानमन्त्री दाहालले कांग्रेससँगको तत्कालीन सत्ता गठबन्धन तोडेर नयाँ सत्ता समीकरण बनाएपछि प्रतिपक्षमा पुगेको नेपाली कांग्रेसले पनि अर्को समीकरण निर्माणको कसरत गरिरहेको छ ।

प्रधानमन्त्री प्रचण्ड जतिसक्दो छिटो प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारीमा छन् ।  यसबारे माओवादीले आजको दलको बैठकमा छलफल गर्ने बताइएको छ।

SHARE