पूर्व पर्यटन मन्त्री सुदन किराँतीको शब्दमा रहेको ‘पलपल बगिरहेछु’ बोलको गीत सार्वजनिक

पूर्व पर्यटन मन्त्री सुदन किराँतीको शब्द, शान्तिराम राईको संगीत, देवेश राईको संगीत संयोजन, गायक कन्काईष्टको  स्वर रहेको ‘पलपल बगिरहेछु’ बोलको गीत सार्वजनिक भएको छ।

पूर्व  मन्त्री सुदन किराँतीले आफ्नो जन्मोत्सवको अवसर पारेर शनिबार एक कार्यक्रमको आयोजना गरि बरिष्ठ नृत्य निर्देशक भैरव थापालाई सम्मान गर्दै ‘पलपल बगिरहेछु’ गीतको भिडियो सार्वजनिक गरिएको हो।

 उक्त भिडियोमा आर्यान सिग्देल, मल्लिका महत लगायतका कलाकारको अभिनय रहेको  छ भने बाल कलाकारमा उचित ढकाल, समृध्दि खड्गी, आएल्य शेर्पा रहेका छन् । सम्पादन बिकास धमला, क्यामरा उत्तम हुमगाई, निर्देशन निकेश खड्काको रहेको छ ।

मतुवाली र आर्यन बीचको बाल्यकालको मायाँ प्रेमलाई बिथोल्न खोजियता पनि कालान्तरमा उनिहरुको प्रेमले सार्थकता पाएको भिडियोमा प्रस्तुत गरिएको छ ।  बिगतमा हजारौ श्रोता रुचिको सिर्जना पस्किसकेका गायक कन्काईष्ट राईले पलपल बगिरहेछ बोलको भिडियोलाई आफ्नै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

 

 

 

SHARE