६ जना प्रहरी नायब महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा सिफारिस

६ जना प्रहरी नायब महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा सिफारिस भएका छन्।

बिहीबार बसेको गृह मन्त्रालयको बढुवा सिफारिस सचिवालयले ६ जना डिआइजीलाई एआइजीमा बढुवा सिफारिस गरेको हो।

बढुवा सिफारिस हुनेमा चन्द्रकुवेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र मनोजकुमार केसी छन्।

खापुङ केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाट, आचार्यलाई मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरमा, पोखरेल बागमती प्रदेश कार्यालय हेटौंडा, कार्कीलाई लुम्बिनी प्रदेश कार्यालय तुलसीपुर, अधिकारी कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र केसी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महारागञ्जमा कार्यरत छन्।

 

SHARE