प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने नेमकिपाको निर्णय

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।पार्टी अध्यक्ष नारायणमान बिजुक्छेको अध्यक्षतामा बुधबार बसेको सचिवालय बैठकले विश्वासको मत नदिने निर्णय गरेको हो।

नेमकिपाका सचिव प्रेम सुवालले विज्ञप्ति जारी गर्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा प्रधानमन्त्री प्रचण्डलाई समर्थन गरेका एमाले, माओवादी, रास्वपा, जसपा, नेकपा एकीकृत समाजवादी लगायतको नीति एवम् दृष्टिकोणमा तात्विक भिन्नता नभएकाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको उल्लेख छ । प्रतिनिधि सभामा नेमकिपाको एक सिट छ । आजको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै छन् ।

SHARE