नेपाली जनप्रगतिशील मञ्च हङकङको नेतृत्वमा हरि तमु चयन

नेपाली जनप्रगतिशील मञ्च हङकङको तेस्रो अधिवेशनबाट हरि तमुको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । दुर्गा गुरुङ मिलनको अध्यक्षता तथा तुला जङ्ग गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमबाट तमुको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो ।

कार्यसमितिको उपाध्यक्षमा आशिष सुवेदी, प्रताप कोयु राई, महासचिवमा महेन्द्र लिङ्देन, सचिवमा किन्दर राई, कोषाध्यक्षमा मान प्रसाद गुरुङ र सह कोषाध्यक्षमा पीताम्बर राई, चयन भएका छन् । यसैगरी सदस्यहरूमा नीर तुम्बापो लिम्बू ,बाग वीर राई, गोविन्द गुरुङ, रबिन नाल्बो लिम्बू , कृष्ण कुमार गुरुङ, भीम बहादुर गुरुङ चयन भएका छन् । अहिलेलाई १३ सदस्यीय भए पनि पहिलो बैठकबाट केही सदस्य र सल्लाहकारहरू मनोनीत गरिने अध्यक्ष तमुले जानकारी दिए ।

उनका अनुसार धिरेन्द्र चाम्लिङ राई , युवराज गुरुङ , तुलाजङ्ग गुरुङ रहेको निर्वाचन मण्डलले सर्वसम्मतिले कार्य समितिको चयन गरेको हो ।

SHARE