बर्दियाबाट ६ किलो चरेशसहित महिला पक्राउ

सशस्त्र प्रहरीले बर्दियाको बढैयाताल गाउँपालिका–२ स्थित सीमा इलाकाबाट चरेशसहित एकजना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४५ वर्षीया आशा राई छिन् । उनको साथबाट ६ किलो चरेश बरामद गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले बताए ।

दाङको लमही नगरपालिका–१ बस्ने राईलाई चरेश बोकेर भारतर्फ जाँदै गरेको अवस्थामा बीओपी फुटाहाबाट खटिएको सशस्त्रको टोलीले नियन्त्र णमा लिएको हो ।१२ वटा प्याकेट बनाएर शरीरमा बाँधेको अवस्थामा उनलाई पक्राउ गरेर स्थानीय प्रहरीलाई जिम्मा लगाइएको डीएसपी थापाले जानकारी दिए ।

SHARE