दुई सय ११औं भानुजयन्तीका अवसरमा दुई साहित्यकारलाई सम्मान

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले दुई सय ११औं भानुजयन्तीका अवसरमा दुई साहित्यकारलाई सम्मान गरेका छन्।

नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आज आयोजित कार्यक्रममा प्राडा नोवलकिशोर राई र माया ठकुरीलाई सम्मान गरिएको हो। नेपाली साहित्यमा विशिष्ट योगदान गरेबापत लेखकद्वयलाई सम्मान गरिएको हो। दुवैलाई बग्गीमा राखेर नगर परिक्रमा गराइको थियो। त्यसअघि प्रज्ञाप्रतिष्ठान परिसरमा रहेको आदिकवि भानुभक्त आर्चायको प्रतिमामा मार्ल्यापण गरिएको थियो।

भानुजयन्तीकै अवसरमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना, नेपाल स्काउट र विभिन्न विद्यालयका विद्यार्थी, साहित्यकार, बुद्धिजीवीको सहभागितामा प्रज्ञा भवनबाट शोभायात्रा आयोजना गरिएको थियो।

उक्त शोभायात्रा बागबजार-रत्नपार्क-शान्तिवाटिका-दरबार हाईस्कुलस्थित भानुभक्तको प्रतिमास्थल हुँदै पुनः प्रज्ञा भवन पुगेर सभामा परिणत भएको थियो।

SHARE