तामाङ भाषाको चलचित्र इतिहासमा दर्शकको घुइँचो देखिएको पहिलो रेकर्ड ‘मायाला घ्रान’ : भाषाभाषिको चलचित्र बजार उकालो लाग्दै

काठमाडौँ– जमल स्थित राष्ट्रिय नाचघरको ठुलो  हलमा श्रावन १९ गते तामाङ भाषाको चलचित्र ‘मायाला घ्रान’ को पहिलो शृङ्खला प्रदर्शन भएको थियो  । दर्शकलाई नियाल्ने हो भने चलचित्र ‘मायाला घ्रान’ले पहिलो शृङ्खला प्रदर्शनमै रु ५ लाख भन्दा बढीको ग्रस व्यापार गरेको निर्माण पक्षको दाबी छ । 

पहिलो शृङ्खलामा चलचित्र हेर्न अत्याधिक दर्शकहरु आएपछि आयोजकलाई भिड व्यवस्थापन गर्न गाह्राे भएको थियो । हल भरिएको भिडमा केही दर्शकले भुईमा बसेर समेत चलचित्र हेरेका थिए भने चलचित्र हेर्न  ठाँउ नपाए पछि केही दर्शकहरु फर्किन बाध्य समेत भएका थिए । इतिहासमा दर्शकको घुइँचो देखिएको पहिलो रेकर्ड रहेको खुल्ला पत्रको एक कार्यक्रममा दर्शकहरुले नै चलचित्र हेरेर घर फर्किदा बताएका थिए ।

 जिम्बा फिल्म् प्रालिको १३ औं पटकको चलचित्रमा पेमा लामा योञ्जन, कालू मान रुम्बा र कुमार मोक्तनको संयुक्त लगानिमा निर्माण गरिएको तामाङ भाषाको चलचित्र ‘मायाला घ्रान’लाई  निमा लामा तामाङले निर्देशन गरेका छन भने चलचित्रको कथा लेखन पटकथा नायक कृष्ण लामाको रहेको छ ।

त्यसै गरि द्धन्द सुरज श्रेष्ठ, नृत्य निमा लामा तामाङले गराएका छन  भने संगीत निर्देशकद्धय निमा लामा तामाङ र देब स्याङ्तानको रहेको छ ।  चलचित्र ‘मायाला घ्रान’ सुर्य लामाको छायांकन विश्वास भण्डारीले सम्पादन  गरेका हुन , रंग  सुर्य लामाले गरेका छन। चलचित्रको गीतमा  बिशाल काल्तान, सुरेश लामा, जितु लोप्चन, सुमिना लो लगायतका गायक  गायिकाले आवाज दिएका छन ।

 यस तामाङ भाषाको चलचित्र ‘मायाला घ्रान’मा  कृष्ण लामा,  अबिना गोले, आशिष रुम्बा, छिरिङ मोक्तान ,जेसुम गोले,प्रमिला थिङ,सञ्जय थिङ,मिलन थिङ,खाम्साङ लामा,दिल ब. थिङ,गोर्ख लामा, हिरोज लोप्चन लगायतको अभिनय छ । 

पछिल्लो समय तामाङ भाषाको चलचित्रले व्यावसायिक फड्को मार्दे गए संगै कथामा पनि भेराइटी देख्न सकिन्छ । कतिपय निर्माता–निर्देशकले तामाङ भाषामा अर्ग्यानिक कथा पस्किरहेका छन्, त कतिपयले प्रेमकथा मार्फत विकृति विसङ्गति उजागर गरिरहेका छन् ।

‘मायाला घ्रान’ प्रेमकथामा निर्माण भएको चलचित्र हो । नेपाली समाजका युवा युवती प्रेम गाथा बिम्बको रूपमा बुझाउन खोजेको छ । फिल्ममा आधुनिकताको प्रभावसँगै युवापुस्तामा देखिएको सांस्कृतिक विकृतिलाई पनि चित्रण गरिएको छ ।

 निर्माता  योञ्जनले भने, ‘व्यापारभन्दा पनि दर्शकको विश्वास बढाउनु थियो, दर्शकको प्रतिक्रियाले उत्साहित भएका छौँ, यसको शृङ्खलालाई अगाडि बढाउन हौसला मिलेको छ ।’ उनले नयाँ चलचित्र ल्याउने  स्पष्ट सङ्केत गरे ।

SHARE