त्रिकोणात्मक टि २० सिरिजमा नेपाल आज नेदरल्यान्डसँग भिड्दै

जारी त्रिकोणात्मक महिला टि–२० अन्तराष्ट्रिय श्रृङ्खलामा नेपालले आइतबार आफ्नो तेस्रो खेल नेदरल्याण्ड्ससँग खेल्दैछ । खेल दिउँसो सवा १२ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

नेपालले यसअघि लगातार दोस्रो हार व्यहोरेको थियो । नेदरल्यान्डसँग पहिलो खेलमा २० रनले पराजित नेपाल शनिबारको खेलमा पनि थाइल्यान्डसँग ४ विकेटले पराजित भएको थियो ।

सिरिजमा नेपाल, थाइल्याण्ड र नेदरल्याण्ड्स सहभागि छन् ।

थाइल्यान्ड लगातार दुई जित निकाल्दै शीर्ष स्थानमा रहेको छ । नेपाललाई पराजित गरेको नेदरल्यान्ड दुई अंकाका साथ दोस्रो स्थानमा रहेको छ ।

SHARE