नेपालका लागि ऐतिहासिक पदक जितेकी कराते खेलाडी एरिका गुरूङ मंगलबार बिहान स्वदेश आइपुगेकी छन्। 

नेपालका लागि ऐतिहासिक पदक जितेकी कराते खेलाडी एरिका गुरूङ मंगलबार बिहान स्वदेश आइपुगेकी छन्।

 

चीनमा भएको २० औं एसियाली सिनियर कराते च्याम्पियनसिपमा रजत जितेकी एरिकालाई मंगलबार विमानस्थलमा राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङले स्वागत गर्दै सम्मान गरे। एरिकाको स्वागतमा नेपालका सयौं करातेकर्मी विमानस्थलमा पुगेका थिए।

एरिकाले महिला ६८ केजीमाथि रजत पदक जितेकी थिइन्। स्वर्णको भिडन्तमा भने एरिका भियतनामकी नाओन थि नुयेनसँग पराजित भएकी थिइन्। सियाली सिनियर करातेको विगतका सबै संस्करणसम्म पदकविहीन बनेको नेपालका लागि एरिकाले फाइनल प्रवेश गरेर पहिलो पकद जित्दै इतिहास रचेकी थिइन्।

एरिकाको यो पाँचौं अन्तर्राष्ट्रिय सहभागिता हो भने छैटौं पदक हो।  कुनैपनि प्रतियोगितामा एरिका पदकविहीन हुनु परेको छैन। एरिकाले इन्डोनेसियाको जकार्तामा भएको १० औं विश्व सितोरियो कराते च्याम्पियनसिपमा स्वर्ण, चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदमा ऐतिहासिक रजत, अमेरिकाको टेक्सासमा भएको युएस ओपन कराते च्याम्पियन्सिपमा स्वर्ण र रजत जितेकी थिइन्।

SHARE