उच्च अदालत पाटनले पूर्व अरनिको यातायात प्रालिल जडिबुटीमा बनाएको बसपार्क तत्काल नभत्काउन अल्पकालीन अन्तरिम आदेश

काठमाडौं,१२ असोज । उच्च अदालत पाटनले पूर्व अरनिको यातायात प्रालिल जडिबुटीमा बनाएको बसपार्क तत्काल नभत्काउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश गोकर्ण डाँगीको एकल इजलासले बसपार्क नभत्काउन काठमाडौं महानगरपालिकालाई आदेश दिएको हो ।अदालतले असोज १४ गतेलाई लागि दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

अदालतले काठमाडौं महानगरलाई आदेशमा भनेको छ, ‘छलफल हुने मितिसम्म सुविधा सन्तुलनको दृष्टिले प्रस्तुत निवेदक कम्पनीले बसपार्क सञ्चालनका लागि व्यक्तिको निजी जग्गा भाडामा लिई निर्माण गरेका संरचनालाई तोडफोड गर्ने तथा भत्काउने कार्य नगर्नु नगराउनु भनी मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १५८ (२) (ख) तथा उच्च अदालत नियमावली २०७३ को नियम ४२ (१) (क) बमोजिम विपक्षीहरुका नाममा अल्पपकालिन अन्तरिम आदेश गरिएको छ।’

SHARE