काठमाडौ : तामाङ पत्रकार संघको सातौँ संघीय राष्ट्रिय महाधिवेशन शनिबार सम्पन्न गरेको छ ।
राजधानीमा शनिबार सम्पन्न महाधिवेशनबाट अध्यक्ष पदमा नेत्र तामाङ सर्वसम्मत् चयन भएका छन् भने वरिष्ठ उपाध्यक्षमा तीर्थमान बल, महिला उपाध्यक्षमा डोल्माछिरिङ तामाङ, उपाध्यक्षमा साहिला तामाङ र शिशिर दोङ, महासचिवमा सरस्वती तामाङ, सचिवमा आदर्श थोकर, जिबी लामा र महिला सचिवमा मिक्साङ वाइबा ,कोषाध्यक्षमा हीरामान बल निर्वाचित भएको छ ।
यसैगरी खुल्ला केन्द्रीय सदस्यमा अमृता तामाङ, अञ्जली तामाङ, पासाङ घिसिङ, सुदिन दोङ, सङ्गम लामा र श्यामलाल लामा निर्वाचित भएका छन् ।
बागमती प्रदेशबाट केन्द्रीय सदस्यमा अर्जुन तामाङ, मानकाजी तामाङ, सन्तोष योञ्जन तामाङ, शान्ति थिङ, राजकुमार स्याङ्बो, राधिका लो तामाङ र श्यामबहादुर तामाङ तथा कोशी प्रदेशबाट केन्द्रिय सदस्यमा अनुप योञ्जन र सन्तोषिकला तामाङ मधेश प्रदेशबाट केन्द्रीय सदस्यमा साङबहादुर लो निर्वाचित भएका छन् ।
यसैगरी अधिवेशनमा “दीपेन्द्र दोङ तामाङ स्मृति पुरस्कार”बाट सञ्चारकर्मी जीवन लामा सम्मानित भए । त्यस्तै “रवीन्द्र तामाङ पुरस्कार”बाट सञ्चारकर्मी जगतमान दोङ र “तामाङ मातृभाषा पत्रकारिता पुरस्कार” रेडियो सिन्धुकर्मी अस्मी स्याङ्तान सम्मानित भए ।