मध्यरातमा पक्राउ परेका दुर्गा प्रसाईं म्याद थपका लागि सरकारी वकिल कार्यालय पुग्दै

मध्यरातमा पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईंलाई म्याद थप प्रक्रियाका लागि प्रहरीले बुधबार बिहान सरकारी वकिल कार्यालय लगेका छन्। पक्राउबारे सञ्चारकर्मीको प्रश्नमा प्रसाईंले “के विषयमा पक्राउ गरेको हो, थाहा छैन” भनेका छन्।

सरकारी वकिल कार्यालयमा प्रारम्भिक प्रक्रिया पूरा भएपछि उनलाई अदालत पेश गरिनेछ। प्रहरीले उनलाई सार्वजनिक शान्ति खलल पुर्याउने आरोपमा पक्राउ गरिएको जनाएको छ। पछिल्लो समय प्रसाईंले ‘आन्दोलन भड्काउने खालका’ अभिव्यक्तिहरू दिँदै आएका थिए। उनी यसअघि पनि पटक–पटक पक्राउ परिरहेका छन्।

चैत १५ गते तीनकुनेमा भएको आन्दोलनपछि उनी भारतबाट पक्राउ गरी ल्याइएका थिए भने साइबर ब्युरोले पनि विद्युतीय कारोबार ऐनअन्तर्गत धेरैपटक उनलाई पक्राउ गरिसकेको छ।

SHARE