तन्नेरी चासोद्वारा आयोजित डिवेटमा कन्चनको टिम प्रथम

दोलखा । तन्नेरी चासोले आयोजना गरिएको ‘वैदेशिक रोजरगारीले देश विकासमा योगदान पु¥याउँछ’ भन्ने वादविवाद प्रतियोगितामा कन्चन तामाङको पक्षले प्रथम स्थान हासिल गरेको छ । कुनै पनि विषयमा वस्तुमा युवाले तार्किक क्षमताको विकास गर्ने उदेश्यले आयोजित माध्यमिक विद्यालयका विद्यार्थीहरुबीच भएको वादविवादमा कन्चनको पक्ष प्रथम भएको हो ।
कन्चनको पक्षबाट तिर्सना श्रेष्ठ, निकिता बस्नेत र बन्दिका मुगरातीको टिमले ‘वैदेशिक रोजरगारीले देश विकासमा योगदान पु¥याउँछ’ भन्दै तथ्यगत विवरणहरु पेश गरेका थिए । सरल भाषा, विषयगत अध्ययन, अर्थपूर्ण तार्किक विचारका कारण कन्चनको टिमले प्रथम स्थान हासिल गर्न सफल भएको निर्णायक मण्डलका संयोजक नविन सिलवालले बताए ।
यस्तै, दावा तामाङको टिम उप विजेता भएको थियो ।

अविनाश बुढाथोकी, रिचा दुलाल, अजपा शिवाकोटीसहित दावाको टिमले वैदेशिक रोजरगारीले देश विकासमा योगदान पु¥याउँदैन भन्ने पक्षबाट तर्क पेश गरेका थिए ।दावाको टिमले पनि उत्तिकै प्रभावकारी ढंगले तर्क पेश गरेको थियो ।
पक्ष र विपक्षले प्रभावकारी ढंगले तर्क पेश गरे पनि निर्णायक मण्डलले ‘वल्र्ड स्कुल डिवेट च्यापियनसिप’ को फरम्याट अनुसार निर्णय सुनाएका थिए ।

तन्नेरी चासाले विगत दश वर्षदेखि ‘गुनासो होइन, प्रश्न गरौं’ भन्दै युवाहरुलाई सार्वजनिक चासोको विषयमा सरोकारवाला पक्षलाई खबरदारी गर्न प्रेरित गरिरहेको छ ।मंसिर ११ गतेबाट गौरीशंकर बहुमुखी क्याम्पसमा डिवेट तालिम सुरु गरिएको थियो । उक्त तालिममा विभिन्न विद्यालयका ३१ ज्ना विद्यार्थीहरु सहभागी भएका थिए । सहभागी विद्यार्थीहरुले यो डिवेट नयाँ रहेको र सिकेपछि सार्वजनिक विषय वस्तुमा प्रश्न गर्न आत्माबल बढेको बताए ।

तन्नेरी चासोका सिइओ नविन सिलवालले देशको सामाजिक, राजनीतिक, सुशासन र भ्रष्टचारको विरुद्ध विभिन्न माध्यमबाट खबरदारी गर्दैै आइरहेको र खबरदारी गर्ने विभिन्न टुलमध्ये युवाहरुलाई डिवेटको माध्यमबाट सार्वजनिक चासोमा बहस गर्न उत्प्रेरित गरिएको बताए ।
कार्यक्रमका प्रमुख अतिथि भीमेश्वर नगरपालिकाको मेयर ईश्वर नारायण मान्नधरले तन्नेरी चासोको अभियानले समाजका युवाहरुलाई सकरात्मक प्रभाव पार्ने धारणा व्यक्त गरे ।
मेयर मान्नधरले समाजलाई सकरात्म प्रभाव पार्ने कार्य गर्न युवाहरुलाई आग्रह गर्दै प्रथम भएको टिमलाई बधाई तथा शुभकामा दिएका थिए ।
भीमेश्वर नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ४ का अध्यक्ष तारानाथ चौलागाइले समाजमा यस्ता बहस आवश्यकता बढ्दै गएको भन्दै आफ्नो वडामा डिवेट कार्यक्रम गर्ने बताए ।

SHARE