बेरुतमा इजरायलको भीषण आक्रमण : २२ जनाको मृत्यु, युएन मिसनको पोस्टमा समेत क्षति

इजरायलले लेबननको बेरुतमा बिहीबार भीषण आक्रमण गरेको छ । आक्रमणमा परी २२ जनाको मृत्यु भएको छ भने ११७ जना घाइते भएको बीबीसीले जनाएको छ ।

आक्रमणमा युएन मिसनको शान्ति मिसनको पोस्टमा समेत क्षति भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार मिसनमा रहेका दुई जना व्यक्ति घाइते भएका छन् । उक्त क्षतिपछि युएन मिसनका सदस्यले त्यसको भत्र्सना गरेका छन् ।
त्यस्तै संयुक्त राष्ट्र संघले उक्त आक्रमणले चिन्तित पारेको बताएको छ ।

इजरायलले गरेको उक्त विमान आक्रमणको ठूला–ठूला आवाज सुनिएका थिए । उक्त आक्रमणपछि त्यहाँ उद्दारकर्ताहरूले भग्नावशेष खोतलिरहेको दृश्य देखिएको थियो ।

उक्त आक्रमण भर्खरै हेजबुल्लाहका नेता हफिक साफालाई मार्न गरिएको हो । यद्यपि यसको स्वतन्त्र पुष्टि भने भइनसकेको समाचारमा भनिएको छ ।

पछिल्लो समय इजरायलले लेबननमा हेजबुल्लाहविरुद्ध भन्दै ठूला आक्रमणहरू गर्दै आइरहेको छ । हेजबुल्लाहका नेता मारिएपछि इरानले समेत इजरायल भूमिमा रकेट आक्रमण गरेको थियो ।

यसले मध्यपूर्वमा युद्धको त्रास फैलिएको छ ।

SHARE