नेपालले अमेरिकालाई दियो १६५ रनको लक्ष्य

अमेरिकाविरुद्धको पहिलो टि–२० खेलमा नेपालले १६५ रनको विजय लक्ष्य प्रस्तुत गरेको छ । डालसस्थित ग्रान्ड प्रेरीमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारि २० ओभरमा ९ विकेट गुमाएर नेपालले १६४ रन बनाएको हो ।

नेपालका लागि कप्तान रोहित पौडेलले ४९ रन बनाए । उनी अर्धशतक बनाउनबाट एक रनले चुके । उत्कृष्ट ओपनिङ गरेका अनिल साह र आसिफ शेखले समान २७/२७ रन बनाए । अनिलले १८ बलको सामना गर्दै १ छक्का र २ चौका हिर्काए भने आसिफले २७ बलमा ४ चौका हिर्काए । त्यस्तै नेपालका लागि दिपेन्द्रसिंह ऐरीले २८ रन बनाए । उनले १७ बलको सामना गर्दै १ छक्का र २ चौका हिर्काए ।

अमेरिकाका लागि सौरभ नेत्रवाल्कर र हर्मित सिंहले समान २/२ विकेट लिए । जस्दिप सिंहले पनि समान २ विकेट हात पारे । त्यस्तै अलि खान र नोस्त्सु केन्जिगेले १/१ विकेट लिए ।

अमेरिकाले केही समयमा जवाफी ब्याटिङ गर्नेछ ।

SHARE