ललितपुर क्विन्सको गुडविल एम्बासडरमा आयशा शाक्य

एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करणका लागि ललितपुर क्विन्सले तिन पटककी दक्षिण एसियाली खेलकुद स्वर्ण पदक विजेता आयशा शाक्यलाई फेरि पनि आफ्नो गुडविल एम्बासडर नियुक्त गरेको छ। सोमबार क्लब अध्यक्ष रमेश पराजुली र आयशाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

घरेलु भलिबलका सफल प्रशिक्षक उत्सव खड्काको नेतृत्वमा क्विन्स टोली कोर्टमा उत्रनेछ। टोलीको कप्तान सलिना श्रेष्ठ रहेकी छन् भने अक्सनमार्फत संगम महतो, लक्ष्मी चन्द, सुनिता राई, सलिना बूढा मगर, निशा चौधरी, सृष्टि खड्गी र भावना डाँगीलाई टोलीमा समावेश गरिएको छ।

एभरेस्ट महिला भलिबल लिग भदौ २० देखि २८ सम्म हुने छ।

SHARE