७८ वर्षीय व्यक्तिमा तीन वटा लिङ्ग भेटियो

बेलायतका एक ७८ वर्षीय पुरुषमा तीन वटा लिङ्ग भएको अनौठो घटना बाहिरिएको छ । अध्ययनका लागि शरीर दान गरेका ती पुरुषमा यस्तो अनौठो अवस्था भेटिएको हो ।
यद्यपि उनी आफैँ भने यसबारे अनभिज्ञ भएको हुनसक्ने बताइएको छ । उनका दुई वटा लिङ्ग सानो आकारमा लुप्त भइ बसेकाले उनले कहिल्यै थाहा नपाएको हुनसक्ने अध्ययनमा भनिएको छ ।

बेलायतको बर्मिङ्घम विश्व विद्यालयका मेडिकल विद्यार्थीले यस्तो अवस्था फेला पारेका हुन् ।
यस्तो अवस्थालाई ‘ट्रिफालिया’ भनिन्छ ।

यसभन्दा अघि इराकमा सन् २०२० मा जन्मिएका बच्चामा तीन वटा लिङ्ग भएको बताइएको थियो ।
संसारमा यस्ता घटना बिरलै पाइन्छन् । लगभग ६० लाख पुरुष बच्चा जन्मिदा एक जना दुई वटा लिङ्ग भएको बच्चा जन्मिने गरेको हुसक्ने बताइन्छ ।

यद्यपि चार सय वर्षसम्मको रेकर्डमा दुई वटा लिङ्ग भएका १०० जना व्यक्ति मात्र पुष्टि भएका छन् ।

SHARE