भरत प्रसाद दुलाल नेकपाका केन्द्रीय सदस्यमा मनोनित

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका दोलखाका एमाले पूर्वपार्टी सचिव तथा शैलुङ गाउँपालिकाका पूर्वअध्यक्ष भरत प्रसाद दुलाल केन्द्रीय सदस्यमा मनोनित भएका छन् । नेकपा एमाले परित्याग गरेर दुलालले शुक्रबार प्रचण्ड नेतृत्वको नेकपामा औपचारिक रूपमा प्रवेश गरेका हुन्।

पार्टी प्रवेश कार्यक्रम ‘प्रचण्ड निवास’ खुमलटारमा आयोजित थियो, जहाँ पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुलाललाई सदस्यता प्रदान गर्दै स्वागत गरेका थिए। प्रचण्डले दुलाललाई सुदृढ संगठन निर्माण, स्थानीय संरचना विस्तार तथा जनतासँग प्रत्यक्ष सम्पर्क अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने नेताका रूपमा मूल्यांकन गर्दै केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन्।

SHARE