रोड्रीले जिते यस वर्षको बालोन डी’ओआर, रियल मड्रिडको बहिस्कार

यस वर्षको बालोन डी’ओआर स्पेनिस फुटबलर रोड्रीले जितेका छन् । इङ्लिस क्लब म्यान्चेस्टर सिटी र स्पेनिस राष्ट्रिय टोलीका मिडफिल्डर रोड्रीले रियल मड्रिड तथा ब्राजिलियन स्ट्राइकर भेनिसियस जुनियरलाई पछि पार्दै बालोन डी’ओआर जितेका हुन् ।

गए राति फ्रान्सको पेरिसमा आयोजित समारोहमा रोड्रीलाई यो उपाधि प्रदान गरिएको हो ।

रोड्री नामले चर्तित उनको पूरा नाम रोड्रिगो हर्नान्डेज क्यास्कान्टे हो । गत सिजन म्यान्चेस्टर सिटीलाई तीन उपाधि दिलाउन र स्पेनलाई युरोकप उपाधि दिलाउन रोड्रीले महत्वपूर्ण भूमिका खेलेका थिए । सिटीले गत सिजिन प्रिमियर लिग, युइएफए सुपर कप र क्लब विश्वकपको उपाधि जितेको थियो ।

यसै वर्ष जर्मनका भएको युरोकपमा स्पेनले तेस्रो पटक उपाधि जित्दा रोड्री टोलीका महत्वपूर्ण सदस्य थिए । घाइते भएका कारण युरोपक फाइनल खेलमा हाफ टाइमपछि रोड्रीले मैदान छाडेका थिए । तर उनी उक्त प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए ।

म्यान्चेस्टर सिटी क्लबको इतिहासमा बालोन डी’ओआर जित्ने रोड्री पहिलो खेलाडी हुन् । गत सिजन सिटीका मुख्य स्ट्राइकर हल्याण्डलाई पछि पार्दै लियोनल मेसीले आठौँ पटक बालोन डी’ओआर जित्न सफल भएका थिए ।

रियल मड्रिड तथा ब्राजिलका स्ट्राइकल भेनिसियस जुनियर दोस्रो भएका छन् । गत सिजन रियल मड्रियले लालिगा, च्याम्यिन्स लिग र स्पेनिस सुपर कपको उपाधि जितेको थियो । रियल मड्रिडकै जुड बेलिङ्घम तेस्रो भएका छन् ।

फिफा बरियतामा १००औँ स्थानसम्म रहेका राष्ट्रका पत्रकारहरुको जुरीले दिएको भोटका आधारमा बालोन डी’ओआर बिजेताको घोषणा गरिने गरेको छ ।

रियल मड्रिड वर्षको उत्कृष्ट क्लब घोषित भएको छ । क्लबका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले उत्कृष्ट प्रशिक्षको पुरस्कार पाएका छन् ।

आफ्ना खेलाडी भेनिसियस जुनियर बिजेता नबन्ने जानकारी पाएपछि रियल मड्रिडले बालोन डी’ओआर समारोह बहिस्कार गरेको छ । रियलका कुनै प्रतिनिधि पुरस्कार लिन समारोहमा उपस्थित भएनन् ।

SHARE