अधिकांश पहाडी भूभागमा वर्षा, तराई मधेसमा सुख्खा

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सिन्धुपाल्चोकको नुर्पु गाउँमा पछिल्लो १२ घन्टामा १२३.४ मिलिमिटर वर्षा मापन भएको छ।

त्यस्तै भोटाङमा ६४.८ मिलिमिटर, मेलम्चीमा ५५.६ मिलिमिटर, तार्के घ्याङमा ५८.४ मिलिमिटर, ढुंगमेमा ५०.८ मिलिमिटर, बोल्डेमा ४९ मिलिमिटर वर्षा भएको छ।

काठमाडौं उपत्यका लगायत देशका अधिकांश स्थानमा गएरातिदेखि वर्षा भइरहेको छ।

महाशाखाका अनुसार काठमाडौंको पानीपोखरीमा पछिल्लो १२ घन्टामा ६५ मिलिमिटर वर्षा भएको छ। कपनमा ३६ मिलिमिटर, सुन्दरीजलमा ३० मिलिमिटर वर्षा भएको छ।

नुवकोटको ककनीमा ६२.२ मिलिमिटर वर्षा भएको छ। नुवाकोटकै पानसय खोलामा ८५.८ मिलिमिटर वर्षा भएको छ।

त्यस्तै इलामको हिमाली गाउँमा ६४ मिलिमिटर, कन्याममा ५८ मिलिमिटर, माइपोखरीमा ५० मिलिमिटर, जितपुरमा ४३.६ मिलिमिटर वर्षा भएको छ।

SHARE