अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र सात युरोपेली नेतासँग रसिया–युक्रेन युद्ध अन्त्यबारे छलफल गरेका छन्। ट्रम्पले छिट्टै जेलेन्स्की र पुटिनबीच द्विपक्षीय वार्ता हुने र त्यसपछि त्रिपक्षीय वार्ता गर्ने घोषणा गरेका छन्।
वार्तामा युक्रेनको सुरक्षा ग्यारेन्टी, ९० अर्ब डलर बराबरको अमेरिकी हतियार खरिद, र आफ्नै देशमा ड्रोन उत्पादनबारे चर्चा भएको छ। फ्रान्सका राष्ट्रपति म्याक्रोनले भने पुटिन शान्ति चाहन्छन् भन्नेमा शंका व्यक्त गरेका छन्।