तामाङ भाषाको चलचित्र ‘ए ङाला ह्राङबा माया’ को शीर्ष गीत शुक्रबार सार्वजनिक हुने भएको छ । हुत्ता सन्जय लामाको पटकथा तथा निर्देशनमा रहेको चलचित्रको ‘टाइटल सङ’ ‘ए ङाला ह्राङबा माया’ सार्वजनिक हुन लागेको हो ।
गीतमा अर्पन थिङ र बबिता पाख्रिन लमु शेर्पाको स्वर रहेको छ । गीतको शब्द प्रज्वल राउतले लेखेका हुन् भने सङ्गीत सागर दोङले भरेका छन् ।
लोसाङ इकेश लामाले निर्माण गरेको चलचित्रमा निर्देशक लामा आफैँ प्रमुख भूमिकामा देखिँदैछन् । त्यस्तै कलाकारहरू सुनिता लुङ्बा, तारा थोकर, हेमकुमार तितुङले पनि चलचित्रमा अभिनय गरेका छन् ।
साथै प्रज्मी बोम्जन, राजकुमार स्याङ्तान, सङ्गीता बोम्जन, भुइशल लामा र माया देबी मोक्तानलगायतको पनि चलचित्रमा अभिनय रहेको छ ।