काठमाडौं महानगरले एमालेलाई गर्‍यो एक लाख जरिवाना

काठमाडौं महानगरपालिकाले नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना गरेको छ । दरबारमार्गमा सभा गरेर फोहोर गरेको भन्दै महानगरले सो जरिवाना गरेको हो ।

महानगर प्रहरी निरीक्षक लिलाराज गाछाले एमालेलाई जरिवाना गरेको बारे पत्र लेख्दै जानकारी गराएका छन् । ‘सडक पेटीमा फोहोरमैला गरी वातावरण प्रदूषण गरेकाले तपाईँलाई फोहोरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम रु. १,००,००० लाख जरिवाना गरिएको व्यहोरो निर्देशानुसार अनुरोध गर्दछु’, पत्रमा भनिएको छ ।

सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले शुक्रबार दरबारमार्गमा ‘जागरण सभा’ गरेको थियो । सोही सभामा आएका व्यक्तिले फोहोर गरेको भन्दै महानगरले जरिवाना गराएको हो ।

SHARE