पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’भन्दा नेकपा एमालेका अध्यक्ष केपी ओली खुला र प्रष्ट भएको बताएका छन् । बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमा हालै सम्पन्न दुई पार्टीको केन्द्रीय समिति बैठकप्रति टिप्पणी गर्दै उनले यस्तो बताएका हुन् ।
माओवादी अध्यक्ष प्रचण्ड ‘कुटील र छद्म’ भएको उनको भनाइ छ । प्रचण्डका तुलनामा ओली बरु केन्द्रीय समितिमा खुलेर प्रस्तुत भएको उनको बुझाइ छ ।
‘ओली र प्रचण्डका ‘कम्युनिष्ट’ पार्टीहरूको हालैको बैठकको तुलनात्मक दृश्य र प्रवृत्ति हेर्दा ब्रेज्नेभ कालको रुसी पार्टीको झल्को आयो– बाहिरी रूप ‘समाजवादी’ भित्री सार ‘नोकरशाही पुँजीवादी’ उनले भनेका छन्, ‘बरु ओली अलि बढी खुला र प्रष्ट ! प्रचण्ड सदाझैँ कुटील र छद्म !’