राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज काठमाडौं ल्याउने भएको छ । आज बिहान बुद्ध एयरको विमानमाफर्त काठमाडौं ल्याउन लागिएको प्रहरीले जानकारी दिएका छन् ।
काठमाडौं ल्याएपछि उनलाई स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनामा गरेको अभियोगमा छानबिन हुनेछ ।
सहकारीको रकम अपचलन गरेको कसुरमा लामिछाने विगत गत कार्तिक २ गतेबाट थुनामा छन् ।
लामिछानेलाई ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्दा सहकारीको रकम अपचलन गरेको भन्दै संगठित अपराध र सहकारी ठगी कसुरमा पक्राउ गरिएको थियो ।
उनी गोर्खा मिडिया नेटवर्क प्रा।लि।का तत्कालीन प्रबन्ध थिए । सहकारीबाट आएको खर्च गर्ने मुख्य जिम्मेवार व्यक्ति लामिछाने नै रहेको भन्दै संसदीय छानबिन समितिले कारबाहीको सिफारिस गरेको थियो ।
पोखरा, काठमाडौं र बुटलवका गरी ३ वटा सहकारीबाट रकम गोरखा मिडिया नेटवर्कमा आएको देखिएपछि रविलाई कास्की, रुपन्देही र काठमाडौं जिल्लाबाट अनुसन्धान गरिन लागिएको हो ।
पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्था, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी र काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम दरुपयोग गरेको आरोप छ।
सुप्रिम बचत तथा ऋण सहकारीको रकम हिनामिनाबारे अनुसन्धान गर्ने भन्दै उनलाई कार्तिक २७ गते बुटवल लगिएको थियो । रुपन्देहीका बयान सकिएको भन्दै कार्तिक ३० गते पुनः पोखरा नै लगिएको थियो।
पछिल्लो पटक मंसिर ९ गते जिल्ला अदालत कास्कीले लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । उक्त अनुमति अनुसार लामिछने अझै १३ दिन हिरासतमा रहने पक्का छ ।
उनलाई किाठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ ।










