कोशी प्रदेशका मन्त्रिपरिषद् विस्तार गदै

कोशी प्रदेशका मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्।

प्रदेश सरकारमा माओवादी केन्द्रबाट गणेश उप्रेती र नेकपा एकीकृत समाजवादीबाट कमलप्रसाद जवेगु मन्त्री बन्न लागेका हुन्। उनीहरूलाई आजै साँझ साढे ६ बजे शपथ गराउने तयारी भएको छ। शपथका लागि तयारी गर्न मुख्यमन्त्री कार्यालयबाट खबर आएको प्रदेश प्रमुख कार्यालय स्रोतले जानकारी दिएको छ।

मन्त्रिपरिषद् विस्तार र मन्त्रालय भागबण्डाबारे छलफल गर्न नेपाली कांग्रेसको कोशी प्रदेश कार्यालयमा अहिले सत्ता गठबन्धन दलको बैठक बसिरहेको छ। गत असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीको सरकारमा अहिले कांग्रेसका शमशेर राई र एमालेका राम राना बिनाविभागीय मन्त्री छन्।
SHARE