युट्युबर मनोज मानवलाई जिल्ला अदालत काठमाडौँले थुनामा पठाउन आदेश

काठमाडौँ । युट्युबर मनोज मानवलाई जिल्ला अदालत काठमाडौँले थुनामा पठाउन आदेश गरेको छ । साइबर अपराध सम्बन्धी मुद्दामा अदालतको आदेश अनुसार उनलाई कारागार चलान गरिएको साइबर ब्युरोका उप–निर्देशक (एसपी) दीपक राज अवस्थीले  बताए ।

एक महिलाको जाहेरीका आधारमा उनलाई साइबर ब्यूरोले पक्राउ गरेर अनुसन्धान गरेको थियो । साइबरसम्बन्धी मुद्दामा यसअघि उनी धरौटीमा छुटेका हुन् ।
SHARE