(राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई ३ लाख धरौटीमा छाड्न आदेश

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई ३ लाख धरौटीमा छाड्न आदेश दिएको छ।

मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश तारादेवी महर्जनको इजलासले उनलाई ३ लाख धरौटीमा छाड्न आदेश दिएको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए।

उनी मंगलबार बिहान काठमाडौं जिल्ला अदालतमा हाजिर भएका थिए।

चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि जेठ ११ गते सरकारी वकिलको कार्यालय काठमाडौंले मिश्रसहित ६१ जनाविरूद्ध राज्यविरूद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराध कसुरमा मुद्दा दायर भएको थियो।

त्यसमध्ये ११ जनाविरूद्ध आपराधिक उपद्रव र बाँकी ५० जनाविरूद्ध राज्यविरूद्धको कसुरमा मुद्दा दायर भएको थियो। ५० जनामध्ये ३९ जना मात्रै अदालतमा उपस्थित भएका थिए।

मिश्र नवराज सुवेदी संयोजक रहेको ‘संयुक्त जनआन्दोलन समिति’मा सदस्य सचिवसमेत थिए। उनलाई प्रहरीले चैत १५ गते घटनापछि त्यही साँझ पक्राउ गरी हिरासतमा राखेको थियो।

 

 

 

SHARE