बालगायक सचिन परियारको निधन

भाइरल भएका बालगायक सचिन परियारको निधन भएको छ । शिक्षण अस्पताल महाराजगञ्जमा बिहीबार उनको निधन भएको हो । विविध गीतहरू गाएर चर्चामा आएका उनको बिहान १० बजे निधन भएको हो ।

बाटोमा हिँडिरहेको भिडियो भाइरल भएपछि उनलाई धेरै युट्यूब च्यानललगायतका मिडियाले पछ्याएका थिए । पछि उनले हास्य टेलिश्रृङ्खला ‘मेरी बास्सै’मा पनि अभिनय गरेका थिए । उनले अभिनेता राजेश हमालसँग एक म्युजिक भिडियोमा अभिनय गरेका छन् ।

‘रातो रबर एक’, ‘रुमाल खस्छकी’,‘‘के छ र हजुर’, ‘बरको छायाँले’ लगायत गीत चर्चित छन् ।

SHARE