काठमाडौँ । आइतबार नयाँ बानेश्वरमा प्रहरी र आन्दोलनरत शिक्षक तथा विद्यालय कर्मचारीबीच झडप हुँदा ६३ जना घाइते भएका छन्। घाइतेहरूको ट्रमा सेन्टर, सिभिल र एभरेष्ट अस्पतालमा उपचार भइरहेको छ ।
आन्दोलनको २६ औं दिनमा शिक्षकहरूले निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरीले लाठी र पानीको फोहोरा प्रहार गरेको थियो। त्यसपछि शिक्षकहरूले पनि ढुंगा प्रहार गरेका थिए।