फिल्म ‘लडाईं पहिचानको’ दोस्रो गीत ‘बैशालु जोबन भयो ढलमल’ सार्वजनिक

काठमाडौं । मङ्सिर ५ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘लडाईं पहिचानको’ दोस्रो नयाँ खस देउडा गीत ‘बैशालु जोबन भयो ढलमल’ सार्वजनिक गरेको छ । गीतमा अभिनेत्री करिश्मा मानन्धर र अभिनेता रोशन शर्मालाई आकर्षक रोमान्टिक रूपमा देखाइएको छ ।

गीतमा स्वर प्रताप दास र बबीना किराँतीको रहेको छ भने शब्द र संगीत भीम बस्नेतले दिएका हुन् । दिनेश लाल राजबहाको एरेन्ज रहेका छन् ।

भीम लामाको लेखन र निर्देशन रहेका फिल्म ‘लडाईं पहिचानको’ नेपाली समाजमा पहिचान, आत्म-सम्मान र संघर्षको कथा प्रस्तुत गरेको बताइएको छ । फिल्ममा प्रशान्त तामाङ, करिश्मा मानन्धर, धिरेन शाक्य, जेनी घिसिङ, प्रेम सुब्बा, राजेन्द्र खड्गी लगायत धेरै कलाकारहरूको अभिनय रहेको छ ।

फिल्मका छायांकन मदन कश्यप घिमिरे, सम्पादन रमेश डी. कौसिक, एक्सन निर्देशन देवकुमार महर्जन, र कोरियोग्राफी मणिकुमार लिम्बु र सानु राजा थेगिमले गरेका छन् ।

संगीतमा बलराम समाल, भीम बस्नेत, दीप्सन लिम्बु, शेखर थापा र सागर तामाङका सिर्जना रहेका छन् ।
निर्मातामा भीम लामा, दिलु सुब्बा लुङ्बा, रामजी बिष्ट र उमेश तामाङ छन् ।

SHARE