विपत्तिमा सेवा गर्ने युवा सम्मानित

अविरल वर्षापछि विपत्तिमा परेकालाई सहयोग गर्ने युवा सम्मानित भएका छन् । बीपी राजमार्गमा परेको विपत्तिमा सहयोग गर्ने गौरव तामाङलाई सडक विभागले सम्मान गरेको हो ।

असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण बीपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी क्षेत्रमा सडक सुचारु गर्न अनवरत सहयोग गरेको भन्दै विभागले सम्मान गरेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभागले रोशी गाउँपालिका वडा नं. ७ निवासी गौरव तामाङलाई प्रशंसापत्रबाट सम्मान गरेको मन्त्रालयले जनाएको छ ।

तामाङले निरन्तर बीपी राजमार्ग आसपास विपत्तिमा परेकाहरूलाई सहयोग गर्दै आएका थिए ।

उनले आफूले सम्मानपत्रका लागि सहयोग नगरेको प्रतिक्रिया जनाए । आफूले सकेको अरूलाई सहयोग गर्नु आफ्नो अहोभाग्य ठानेको उनले बताए ।

SHARE